Popular Posts

Monday, January 19, 2015

मिति २०७१ पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बाँकी बस्तुगत प्रश्नोतरहरु,


मिति २०७१ पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बाँकी बस्तुगत प्रश्नोतरहरु,



• वि.सं २०७१ मा प्रदान गरिएको अभियान पुरस्कारबाट सम्मानित हुने श्रष्टा को हुन् ?
– श्यामप्रसाद शर्मा
• वि.सं २०७१ पुस १२ मा काठमाडौंमा सम्पन्न प्रथम मिस्टर फिटनेस फस्र्ट इन्ट्रा शारीरिक सुगठन प्रतियोगिताको उपाधि कसले जितेका थिए ?
– रुविजंग थापा
• वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्रले काभ्रेका कुन तिन गाविसलाई स्मार्ट भिलेज घोषणा गरेको छ ?
– महादेवस्थान,पात्लेखेत र नयाँगाउँ
• प्रसिद्ध भुवा पर्व नेपालको कुन ठाउँमा प्रचलनमा रहेको छ ?
– सुदुर तथा मध्य पश्चिम
• नेपालमा औपचारिकरुपमा पुनबिमा कम्पनीको सञ्चालन कहिलेदेखि भएको हो ?
– वि.सं २०७१ पुस ७
• स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं भन्ने नाराका साथ १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कहाँ सुरु भएको छ ?
– बुटबल
• अन्तराष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाइन्छ ?
– अक्टोबर १७
• सामाजिक सञ्जाल फेसबुकको सुरुवात कहिले भएको हो ?
– सन् २००४ फ्रेबुअरी ४
• १७ औं एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१४ सेप्टेम्बर १९ देखि अक्टोबर ४ इन्च्योन ( द.कोरिया )
• वि.सं २०७१ मा प्रदान गरिएको बासुदेव लुइटेल हास्यव्यङ्ग पुरस्कारबाट सम्मानित हुने श्रष्टा को हुन ?
– रविन सायमी
• जीवनको सबैभन्दा अध्यारो क्षणमा हामीले उज्याला किरणतिर मात्र ध्यान दिनुपर्छ भन्ने विद्धान को हुन् ?
– एरिस्टोटल ओनासिस
• वि.सं २०७१ मंसिर २६ मा राजधानीमा सम्पन्न पाँचौ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा उत्कृष्ट गायकगायिकाको उपाधि कसलाई प्रदान गरियो ?
– उदय सोताङ्ग र श्रेयसी चेम्जोङ
• खेल मैदानमा बलिङ गरेको बलले लागेर चोटग्रस्त भई मृत्यु भएका अस्ट्रेलियाका क्रिकेट खेलाडी को हुन् ?
– फिलिप ह्युज

No comments:

Post a Comment