Popular Posts

Monday, January 19, 2015

लोकसेवा तयारीका १५ प्रश्नोत्तरहरु:-

१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?
→ बरुण
२. ‘नेपाल संसारकै सबैभन्दा सुन्दर देशको साथसाथै बिभिन्नताको देश पनि हो भन्न म कहिले हिच्किचाउँदिन’ यो कसको भनाई हो ?
→ टोनी हेगेन
३. गोसाईकुण्ड कुन जिल्लामा अवस्थित छ ?
→ रसुवा
४. सर्वप्रथाम नेपालमा कुन वंशका राजाहरले राज्य गरेका थिए ?
→ गोपाल

५. नेपाल धर्म निरपेक्ष राष्ट्र कहिले घोषणा भयो ?
→ वि.स. २०६३ जेठ ४
६. इन्द्रायणी जात्रा कहाँ मनाईन्छ ?
→ जनौती
७ . नेपालको सबै भन्दा पुरानो धर्म कुन हो ?
→ शैव
८. गुरुङ जातीको घरको भित्तामा कारिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्न्छ ?
→ पुराती चित्र
९. नेपालमा कुन बर्षलाई बाघ बर्षको रुपमा मनाइएको थियो ?
→ सन् २०१०
१०. पश्चिम सेती जलबिद्युत आयोजनाको क्षमता र सम्पन्न गर्ने अवधि कति हो ?
→ ७५० मेघावाट , ७ बर्ष
११. मानव शरिको रक्त सञ्चार प्रक्रिया कसले पत्ता लगाएका हुन् ?
→ विलियम हार्वे
१२. इस्लाम धर्म ग्रन्थको नाम के हो ?
→ कुरान
१३. ‘द राइजिङ नेपाल’का प्रथम सम्पादक को हुन् ?
→ वरुण शमशेर
१४. नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भाग तराई प्रदेशले ओगटेको छ ?
→ १७ प्रतिशत
१५. सयुक्त राष्ट्र संघको सदस्यता त्याग्ने पहिलो राष्ट्र कुन हो ?
→ इण्डोनेसिया
नोट : अध्ययन गर्नुभयो खुसी लाग्यो । अब शेयर गरेर अरुलाई ज्ञान लिने अवसर जुटाई दिनु प¥यो नी । किनकी ज्ञान बाड्नु नै धर्म हो ।

No comments:

Post a Comment